You are viewing the translated version of तथ्याङ्क सङ्कलन गर्ने.
Section 5
तथ्याङ्क सङ्कलन गर्ने
(१) नेपाल सरकारले कुनै विषयमा तथ्याङ्क सङ्कलन गर्न सूचित आदेश जारी गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिमको सूचित आदेश बमोजिम कार्यालयले कुनै व्यक्ति, घर परिवार, संस्था वा सरकारी निकायसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्नेछ।
(३) कार्यालयले कुनै व्यक्ति, घर परिवार, संस्था वा सरकारी निकायलाई तिनीहरूको भोगचलन वा नियन्त्रणमा रहेको वस्तुको तथ्याङ्क पेश गर्न लिखित सूचना दिन सक्नेछ ।
(४) उपदफा (१), (२) वा (३) बमोजिमको आदेश वा सूचना बमोजिमको तथ्याङ्क उपलव्ध गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ।
(५) यस दफा बमोजिम (सूचित आदेश जारी भएपछि त्यस्तो तथ्याङ्क सङ्कलन गर्न प्रमुख तथ्याङ्क अधिकारीले आवश्यक सङ्ख्यामा अधिकृत तथा कर्मचारी खटाउन सक्नेछ।
(६) यस दफा बमोजिम गरिने तथ्याङ्क सङ्कलन सम्बन्धी विधि तथा प्रक्रिया तोकिए/बमोजिम हुनेछ ।